काठमाडौ । सहिद स्मारक सी डिभिजन लिग छनोट खेलमा तिमाल फुटबल क्लब, नव जन जागृती युवा क्लब र वेष्ट काठमाडौँ फुटबल क्लबले विजयी सुरुवात गरेका छन् ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा तिमाल फुटबल क्लबले नुवाकोट युनाईटेड फुटबल क्लबलाई ७–२ को भारी गोल अन्तरले पराजित गर्याे ।
दोस्रो खेलमा नव जन जागृती युवा क्लबले मनमैजु फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्याे ।
दिनको अन्तिम खेलमा वेष्ट काठमाडौँ फुटबल क्लबले भैरब स्पोर्टस् क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्याे ।
जितसँगै समूह केको पहिलो खेलबाट तिमाल र नव जनजागृतीले पहिलो तीन अंक प्राप्त गरे । यस्तै समुह एल को पहिलो खेलबाट वेष्ट काठमाण्डुले पनि पहिलो जित दर्ता गरायो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भैरहेको सी डिभिजन छनोट प्रतियोगितामा ३८ टिमले सहभागीता जनाएका छन् । १२ समुहका विजेता टिमले दोस्रो चरण प्रवेश गर्नेछन् । यस्तै प्रतियोगिताबाट ३ टिम सि डिभिजनमा छनोट हुनेछन् ।
समुह ए बाट सरस्वतीनगर स्पोर्टस क्लब समुह बी बाट इमाडोल युवा क्लब र सि समुहबाट झापा फुटबल क्लब समुह डी बाट याक्टिभ स्पोर्टस् काउन्सिल, समुह ई बाट च्याम्पियन ब्बाइज सेटीओपी, समुह एफबाट चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, समुह एचबाट चिवहाल युवा क्लब र समुह जि बाट सुन्धारा युवा क्लब दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।