एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा फिर्ता भएको छ ।
इटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डोमाथि बलात्कारको आरोप लगाउने महिलाको वकिलले मुद्दा फिर्ता लिएका छन् । ब्लुमबर्ग डटकमले मेयार्गाले यस मुद्दाबाट एक महिना अघि नै हात झिकेको समाचार लेखेको छ ।
अमेरिकी नागरिक क्याथ्रीन मेयार्गाले सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटल आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन् । तर, रोनाल्डोले त्यसलाई ठाडै अस्वीकार गर्दै आइरहेका छन् ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुको अनुसार उक्त घटना लगत्तै मेयार्गाले लास भेगासको प्रहरी समक्ष बलात्कारको रिपोर्ट दर्ता गरेकी थिईन् । लगत्तै घटना बाहिर नल्याउने शर्तमा उनले रोनाल्डोसंग करिब ४ लाख डलरको सम्झौता समेत गरेकी थिईन् ।