एजेन्सी । कोलम्बियाका स्टार जेम्स रोड्रिग्वेज स्पेनिस महारथी क्लब रियल मड्रिड फर्कने भएका छन् । जर्मन क्लब बार्यन म्युनिखले दक्षिण अमेरिकी स्टार रोड्रिग्वेज पुरानै क्लब रियल मड्रिड फर्कने निश्चित भएको जनाएको छ ।
‘सबै भन्दा धेरै धन्यवाद पुरै क्लब र समर्थकालाई छ । जसले मलाई सधै समर्थन गरे । दुई बर्ष मेरा लागि बिर्सन नमिल्ने रह्यो । मैले सधै राम्रो महशुश गर्न पाए । मैले यहाँ निकै राम्रा क्षणहरु बिताए । म क्लबको उज्जवल भविष्यको कामना गर्दछु ।’ रोड्रिग्वेजले भनेका छन् ।
उनी लोनमा जर्मन महारथी क्लबसंग आबद्व भएका थिए । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानको योजनामा नपरेपछि उनी जर्मनतर्फ लाग्न बाध्य भएका थिए ।
क्लब अध्यक्षले उली होयसले रोड्रिग्वेजलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले भनेका छन्, ‘दुई सफल बर्षका लागि उनलाई धेरै धन्यवाद छ । हामीले दुई पटक लिग जित्न सफल रह्यौ । र गत सिजन च्याम्पियन्स लिगको सेमिफाईनल पुग्न सफल रह्यौ । उनले निकै महत्वपुर्ण योगदान गरे । उनीको राम्रो भविष्यको कामना गर्दछु ।’