एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर थोमस म्युनिरले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाईटेडविरुद्ध आफ्नो टोलीले व्यहोरेको हार फुटबल इतिहासकै सबैभन्दा ठूलो मजाक भएको बताएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा युनाईटेडले पीएसजीलाई ३–१ गोलले पराजित गरेको थियो । र, पहिलो लेग २-० ले जितेपनि पीएसजी प्रतियोगिताबाट बाहिरिएको थियो ।
बेल्जियमका डिफेन्डर समेत रहेका म्युनिरले फ्रान्सेली च्याम्पियनलाई युनाईटेडले जित्न नसक्ने बताउँदै उक्त हार फुटबल कै ठुलो 'जोक' भएको बताए ।
‘म्यानचेस्टर युनाईटेडविरुद्धको खेल फुटबल इतिहासको सबैभन्दा ठूलो मजाक थियो ।’ डिफेन्डर म्युनिरले भने, ‘मैले यसमा मिलियन युरो लगाएको छु त्यसैले हामी हार्ने थिएनौ । तर, हामी छनोट भएनौ यो वास्तवमा विनाशकारी थियो । सबैजना यसबारे सजग हुन जरुरी छ ।’
यस्तै म्युनिरले च्याम्पियन्स लिग रियल मड्रिड र बार्सिलोनाको एक हिस्सा बनेको बताउँदै पीएसजीले त्यस ठाउमा पुग्न समय लाग्ने बताए ।