एजेन्सी । युभेन्ट्सले प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका स्टार पाउल पोग्बालाई पुन क्लबमा फर्काउन प्रयास अघि बढाएकाे छ । ईटालियन महारथी क्लबका खेल निर्देशक फाबियो पाराटिसीले समर ट्रान्सफरमा पोग्बा समेत आफुहरुको रोजाई भएको बताएका छन् ।
पोग्बा पछिल्लो सयम पुर्व क्लबसंग जोडिएका छन् । सुरुवातबाटै उनका एजेण्ट मिनो रायोलासंग युभेन्ट्सले छलफल अघि बढाएको छ ।
खेल निर्देशक फाबियोले पोग्बा युभेन्ट्समा फर्कने सक्ने बिषयमा मुख खोलेका हुन् । उनका अनुसार कुनैपनि प्रयासलाई नयाँ प्रशिक्षकले स्विकार गर्नेछन् ।
‘हामीसंग एक प्रतिस्पर्धी टिम छ ।’ उनले भनेका छन्, ‘जहाँ सम्म बजारको सवाल छ । हामी नयाँ प्रशिक्षकको प्रतिक्षा गरिरहेका छौ । हामी यसलाई घोषणा गर्ने बित्तिकै आवश्यक काम अघि बढाउनेछौ ।’
‘पोग्बोको बिषयमा समेत हामी नयाँ प्रशिक्षकसंग कुरा गर्नेछौ ।’ उनले भने ।
युभेन्ट्सले नयाँ प्रशिक्षकको रुपमा चेल्सीका माउरिजियो सर्रीलाई क्लबमा ल्याउन प्रयास गरिरहेको छ ।
करियरको पहिलो उपाधि जितेका सर्रीले पछिल्लो अन्तरवार्तामा ईटालीलाई आफुले सम्झिरहेको बताएका थिए ।
‘केही चिज नभएको महशुश गरिरहेको छु । यो निकै ओजपुर्ण बर्ष रह्यो ।’ सर्रीले भने, ‘म टाढाका साथी र अभिभावकलाई महशुश गर्न सुरु गरेको छु, जसलाई म निकै कम देखेको छु ।’
‘तर मेरो उमेरमा म आफ्नो व्यवसायीक विकल्प मात्र रोज्न सक्छु । म अझै २० बर्ष काम गर्न पाउने छैन । यो निकै कठिन काम हो ।’ उनले थपेका छन् ।