एजेन्सी । स्पेनिस क्लब सेभियाले जुलेन लोपेटेगुईलाई प्रशिक्षकमा नियुक्त गरेको छ ।
स्पेन तथा रियल मड्रिडका पूर्व प्रशिक्षक लोपेटेगुईलाई सेभियाले ३ वर्षको लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो । ५२ वर्षे प्रशिक्षक लोपेटेगुई र सेभियाले मगलबार सम्झौता गरेका छन् । सम्झौतासंगै लोपेटेगुईले सन् २०२२ मा सेभिया हेर्नेछन् ।
स्पेनिस प्रशिक्षक लोपेटेगुईलाई गत वर्षको रुस विश्वकपको केहि दिनअघि स्पेनले बर्खास्त गरेको थियो । यस्तै गत अक्टोबरमा रियलले पनि उनलाई बर्खास्त गरेको थियो ।