धनगढी । घोडाघोडी युवा क्लब कैलालीको अत्तरीयामा जारी गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेघरीस्थित वनदेवी युवा क्लबको मैदानमा मंगलबार घोडाघोडीले सुदुरपश्चिम फुटबल एकेडेमीलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । घोडाघोडीको जितमा सुरेन्द्र खत्रीले दुई गोल गरे । सुदुरपश्चिमका प्रदिप दाहालले गोल फर्काए ।
प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५/१५ हजार पुरस्कार प्रदान गरिने छ ।