काठमाडौं । मलेसियाविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा चोट बोकेका नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट बुधबार स्वदेश फर्कने भएका छन् ।
मलेसियासंगको खेलमा खुट्टाको चोट बोकेपछि मिडफिल्डर अन्जन चाईनिज ताईपेविरुद्धको मैत्रीपूर्ण खेल नखेली स्वदेश फर्किन लागेका हुन् । आइतबार भएको खेलमा नेपाल मलेसियासंग २-० ले पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाले खुट्टामा लागेको चोटको कारण अन्जन स्वदेश फर्कने खेलपाटीलाई जानकारी गराए। मलेसियाविरुद्ध अन्जन रबी पासवानको स्थानमा मैदान छिरेका थिए ।
नेपाली टोली मलेसियाबाट चाईनिज ताईपे प्रस्थान गर्दा अन्जन भने नेपाल फर्कने भएका हुन् । नेपालले चाईनिज ताईपेसंग बिहिबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ ।