एजेन्सी । सर्बियन स्ट्राइकर लुका जोभिक स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् ।
रियलले जोभिकलाई ६ वर्षका लागि अनुबन्ध गरेको जनाएको छ । सम्झौतासंगै जोभिक सन् २०२५ सम्म रियलमा रहने छन् ।
रियलले जोभिकलाई जर्मन क्लब फ्रान्कफर्टबाट ६२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
२१ बर्षीय जोभिकले यस सिजन ३२ खेलमा १७ गोल गरेका छन् ।