एजेन्सी । एसियाली राष्ट्रको सर्वाधिक ठुलो प्रतियोगिता एएफसी एसियन कप फुटबलको १८ औं संस्करण चीनमा आयोजना हुने भएको छ ।
फ्रान्सको पेरिसमा बसेको एसियन फुटबल फुटबल कन्फडेरेसन (एएफसी) को बैठकले एसियन कप चीनमा आयोजना गर्ने निर्णय गरेको हो । चीनमा आयोजना हुने एसियन कप सन् २०२३ मा हुनेछ ।
यसअघि चीनले सन् २००४ मा एसियन कप आयोजना गरेको थियो ।
चीनमा आयोजना हुने एसियन कपमा २४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । युएईमा सम्पन्न १७ औं संस्करणको प्रतियोगिताबाट २४ टोलीलाई सहभागिता गराउन थालिएको हो ।
युएई संस्करणको उपाधि कतारले जितेको थियो ।