धनगढी । सुदुरपश्चिम–११ ले गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा सोमबार मनकामना युवा क्लबलाई २–१ ले पराजित गर्दै सुदुरपश्चिमले क्वाटरफाइनलको यात्रा तय गरेको हो । सुदुरपश्चिमको जितमा सुरेन्द्र राना र राम सिहं रानाले एक एक गोल गरे । मनकामनाका लागि कृजल खड्काले एक गोल फर्काए ।
सुदुरपश्चिमले अब नेपालगंज–११ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार घोडाघोडी युवा क्लब सुख्खड र सुदुरपश्चिमाञ्चल फुटवल एकेडेमी पुर्नवास वेलौरीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।