काठमाडौं । नेक्सस र बेष्ट ग्रुप स्कुल दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा क्वाटरफाईनल प्रवेश गरेका छन् ।
सोमबार सम्पन्न खेलमा नेक्ससले श्रमसिल स्कुललाई ५ – ० को अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । नेक्ससका बिवेक राई म्यान अफ दि म्याच घोषित भए । यस्तै अन्तिम आठमा प्रवेश गर्ने क्रमममा बेष्ट ग्रुपले गोठाटार स्कुललाई १ – ० गोलले पाखा लगायो । गोठाटारका गणेश तामाङ्ग म्यान अफ दि म्याच भए ।
कौस्तुभ स्कुलको आयोजनामा भएको अन्य खेलमा हिमचुली र मोनाष्टिकले पनि जित निकाल्दै क्वाटरफाईनल यात्रा तय गरे । हिमचुलीले विनायक स्कुल चावहिललाई १ – ० ले तथा मोनाष्टिक पब्लिकले गान्दि मा. बि.लाई टाईब्रेकरमा ५ – ४ गोलले पराजित गरे । हिमचुलीका सोनित दर्जी र मोनाष्टिकका राजु बानिया म्यान अफ दि म्याच घोषित भए ।