काठमाडौँ। गोलबजार स्पोर्ट्स क्लबलाई पराजित गर्दै समाज कल्याण खेलकुद केन्द्र शहिद स्मारक ‘सी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बिहीबार सम्पन्न खेलमा समाज कल्याणले गोलबजारलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै तेस्रो स्थानमा उक्लिएको समाज कल्याणले ७ खेलबाट १२ अंक जोडेको छ। समान अंक भएपनि पुल्चोक स्पोर्ट्स क्लब चौथो र झम्सिखेल यूथ क्लब गोल संख्याको आधारमा पछि पर्दै पाँचौँ स्थानमा छन्।
समाज कल्याणको जितमा रोशन क्षेत्रीले ९ र ६८औँ मिनेटमा गोल गरे। गोलबजारका लागि ओमप्रकाश सिंहले ६३औँ मिनेटमा एकमात्रै गोल गरे।