काठमाडौँ। भिडियो असिस्टेन रेफ्री (भीएआर)ले दुई गोल मान्यता नदिँदा चेल्सी इङ्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ।
विला पार्कमा शनिबार राति सम्पन्न खेलमा चेल्सी घरेलु टोली एस्टन भिल्लासँग २-२ गोलको बराबरीमा रोकिएको हो।
खेलको सातौँ मिनेटमै भिल्लाले आत्मघाती गोलमार्फत शुरूआती अग्रता लिएको थियो। जोन म्याकगिनले गरेको प्रहार गरेको बल मार्क कुकुरेलालाई लाग्दै गोलमा परिणत भएको थियो।
तर, १६औँ मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए। तर, उक्त गोललाई भीएआरले अफसाइड करार गर्दियो।
४२औँ मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाए। उनले म्याटी मनीको पासमा गोल गरेका थिए।
६२औँ मिनेटमा नोनी मडुकेले गोल गर्दै चेल्सीलाई २-१ को स्थितिमा ल्याए। उनले कोनर ग्यालेघरको पासमा गोल गरेका थिए।
८१औँ मिनेटमा गल्लाघेरले नै गोल गरे। उनले मडुकेको पासमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काए। दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा एक्सेल डिसासीले गोल गरेका थिए। तर, उक्त गोल गर्नुअघि नै उनले फउल गरेको भन्दै भीएआरले मान्यता नदिएपछि चेल्सीले बराबरीमा चित्त बुझाउनुपर्यो।
बराबरीसँगै नवौँ स्थानमा रहेको चेल्सीले ३३ खेलबाट ४८ अंक बनाएको छ। चौथो स्थानमा रहेको भिल्लाको ३५ खेलबाट ६७ अंक पुगेको छ।