काठमाडौँ। अल्बर्टो डोसेनाले आत्मघाती गोल गरेसँगै युभेन्ट्स इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ।
युनिपोल डोमस शुक्रबार राति सम्पन्न खेलमा घरेलु टोली क्याग्लियारीसँग युभेन्ट्स २-२ गोलको बराबरीमा रोकिएको हो।
खेलको ३०औँ मिनेटमा जियानलुका गेटानोले पेनाल्टीमार्फत गोल गर्दै क्याग्लियारीलाई शुरूआति अग्रता दिलाए। त्यसको ६ मिनेटपछि नै पेनाल्टीमा येरी मिनाले गोल गरे।
६१औँ मिनेटमा दुसान व्लाहोभिकले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए। ८७औँ मिनेटमा अल्बर्टो डोसेनाले आत्मघाती गोल गरेसँगै युभेन्ट्स हारबाट जोगियो।
बराबरीसँगै तेस्रो स्थानमा रहेको युभेन्ट्सले ३३ खेलबाट ६४ अंक जोडेको छ। १३औँ स्थानमा रहेको क्याग्लियारीको समान खेलबाट ३२ अंक रहेको छ।