काठमाडौँ। जुलियन नागेल्सम्यानले थप दुई वर्ष जर्मनीको राष्ट्रिय फुटबल टोली सम्हाल्ने भएका छन्।
आगामी युरोपियन च्याम्पियनसिप र २०२६ को विश्वकपलाई मध्यनजर गर्दै उनले शुक्रबार जर्मनीको फुटबल संघसँग सम्झौता थप गरेका हुन्। योसँगै उनी सन् २०२६ सम्म जर्मन टोलीको मुख्य प्रशिक्षक रहने भएका छन्।
गत अक्टोबरमा मात्रै संघले ३६ वर्षीय जुलियनलाई जुलाई २०२४ सम्मका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
जापानसँगको मैत्रीपूर्ण खेलमा ४-१ गोल अन्तरले पराजित भएपछि हान्सी फ्लिक बर्खास्त भएका थिए। उनको स्थानमा जुलियन आइपुगेका थिए।
गत मार्चमा बायर्न मुख्यनिखबाट बर्खास्त भएपछि जुलियन फुर्सदमा थिए। उनले २८ वर्षको उमेरमै (सन् २०१५ मा) बुन्डेसा लिगा क्लब होफेन्हेम सम्हालेका थिए।