काठमाडौं । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार नापोलीमाथि शानदार जित निकाल्दै बार्सिलोना चार वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
अन्तिम १६ को दोस्रो लेगको खेलमा सहज जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा प्रवेश गरेको हो ।
फर्मिन लोपेज र जोआओ केन्सेलोले सुरुवातमै बार्सिलोनालाई २–० ले अघि बढाएका थिए । अमिर रहमानीले नापोलीका लागि गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई दोस्रो लेगमा ३–१ को जित दिलाए ।
बार्सिलोनामा समग्रमा ४–२ को नतिजा सहित क्वार्टरफाइनलमा पुगेको छ ।
यस्तै, आर्सनलले दोस्रो लेगको खेलमा एफसी पोर्टोलाई १–० ले हराएर समग्रमा १–१ को बराबरी गरेको थियो ।
अन्तिममा पेनाल्टी सुटआउटमा पोर्टोलाई ४–२ गोल अन्तरले हराउँदै आर्सनलले समेत अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।