काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड र वेल्ससहित युरोपेली राष्ट्रका ९ कप्तानले ‘वन लभ’ आर्मब्यान्ड नलगाउने भएका छन् ।
युरोपका ९ राष्ट्रको एफएले सोमबार संयुक्त विज्ञप्ति निकाल्दै विश्वकपमा ‘वन लभ’ आर्मब्यान्ड नलगाउने जनाएको छ।
यस अघि युरोपेली राष्ट्रले विश्वकपमा ‘वन लभ’ आर्मब्यान्ड लगाउनका लागि जरिवाना तिर्न समेत तयार भएका थिए । तर, युरोपेली राष्ट्र योजनामा पछि हटेको छ ।
फिफाले ‘वन लभ’ आर्मब्यान्ड प्रयोग गरेमा खेलाडीलाई प्रतिबन्ध र कारबाही गर्ने बताएपछि युरोपेली राष्ट्र पछि हटेको हो । अब युरोपेली राष्ट्रका कप्तानले फिफाले उपलब्ध गराएको आर्मब्यान्ड लगाउने छन् ।
युरोपेली राष्ट्रले एलजीबीटी समुदायलाई समर्थन गर्न भन्दै ‘वन लभ’ आर्मब्यान्ड लगाउने योजना बनाएको थियो ।