काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत आज सोमबार हुने दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दोहास्थित अल थुमामा स्टेडियममा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
सेनेगल आज नेदरल्यान्ड्सलाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । तर, कप्तान साडियो मानेविरुद्ध सेनेगललाई युरोपियन प्रतिद्वन्दीविरुद्ध कठिन हुनेछ ।
नेदरल्यान्ड्स पनि सेनेगललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । अफ्रिकी टोलीविरुद्ध नेदरल्यान्ड्सलाई पनि सहज हुने छैन ।
नेदरल्यान्ड्सका मेम्फिस डिपे खेल्ने नखेल्ने टुंगो लागेको छैन । ह्यामस्ट्रिङको चोटबाट उनी गुज्रिरहेका छन् । डेन्जल डुमफ्रिएस र मार्टेन्स डी रोनको पनि खेल्ने संभवाना न्यून रहेको छ ।
यता, सेनेगललाई कप्तान मानेको अभाव खड्कने छ । उनी चोटका कारण विश्वकपबाट बाहिरिसकेका छन् । यस्तै अब्डोउ डिआलो पनि चोटबाट मुक्त हुन संघर्ष गरिरहेका छन् ।
हेड टु हेड :
सेनेगल र नेदरल्यान्ड्सबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघि दुबै टोलीले एकअर्काविरुद्ध खेलेका छैनन् ।
सम्भावित सुरुआती-११
नेदरल्यान्ड्स - रेम्को पासवीर, डेली ब्लाइन्ड, जुरियन टिम्बर, भिर्गिल भान डाइक, नाथन एके, जेरेमी फ्रिमपोग, फ्रेन्की डी जोङ, ट्युन कूपमेनर्स, कोडी गाक्पो, भिन्सेन्ट जान्सेन, स्टिभन वर्गवाइन
सेनेगल - एडुअर्ड मेन्डी, युसुफ सबाली, पापे अबाउ सिस्से, कालिडोउ कुलिबाली, फोडे बल्लो-टोरे, पापे माटर सार, नामपालिस मेन्डी, इड्रिसा गाना गुए, इस्माइला सार, क्रेपिन डियाटा