एजेन्सी । लिभरपुल तथा सेनेगलका स्ट्राईकर साडियो मानेले क्लबसंग नयाँ सम्झौतामा हस्ताक्षर गर्न सहमती जनाएका छन् । एनफिल्डमा लामो समयको सम्झौता गर्न माने सहमत भएका हुन् ।
२६ बर्षका माने साउथह्याम्टनबाट पाँच बर्षको सम्झौता सहित सन् २०१६ मा ३४ मिलियन पाउण्डमा लिभरपुल आएका थिए । उनले लिभरपुलको जर्सीमा ८९ खेल खेल्दै ४० गोल गरेका थिए ।
‘लिभरपुलसंग सम्झौतामा नविकरण गर्न पाउदाँ म निकै खुसी छु । यो मेरा लागि निकै ठुलो दिन हो । मैले करियरको निकै उत्कृष्ट निर्णय लिएको छु ।’ उनले भनेका छन् ।
उनी सन् २०२३ सम्म क्लबमा रहने गरि नयाँ सम्झौताको बिषयमा बताईएको थियो । सहमती अनुसार यही सम्झौतालाई अन्तिम रुप दिईएको छ । मानेले यो सिजनमात्र लिभरपुलबाट ७ गोल गरेका छन् ।
लिभरपुलका लागि डेब्यु सिजनमा मानेले प्लेयर अफ द ईइर र प्लेयर्स प्लेयर अफ द ईयरको उपाधि जितेका थिए । उनले सेनेगलबाट रुसी विश्वकप खेलेका थिए । जसमा एक गोल समेत गरेका थिए । उनी भर्खरै वालेन डि ओरको अन्तिम ३० को खेलाडीको सुचिमा परेका थिए ।