काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्धको लागि प्रस्ताव गरेको छ ।
डच मिडफिल्डर अनुबन्धका लागि युनाईटेडले स्पेनिस क्लब बार्सिलोनासँग प्रस्ताव गरेको हो ।
बार्सिलोनाले डी जोङ अनुबन्धका लागि ६० मिलियन युरोको प्रस्ताव गरेको बताईएको छ ।
तर, बार्सिलोनाले सुरुआती प्रस्ताव अस्वीकार गरेको बताईएको छ ।
२५ वर्षीय मिडफिल्डर डी योङ २०१९ मा आयाक्सबाट बार्सिलोना आएका थिए ।
बार्सिलोनाका लागि उनले १ सय ४० खेल १३ गोल गरिसकेका छन् ।
गत सिजन उनले ४६ खेल खेल्दा ४ गोल र ५ असिस्ट गरेका थिए ।