काठमाडौं । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर ड्यानी ड्रिन्कवाटरले क्लब छाडेका छन् ।
चेल्सीले एक विज्ञप्ति निकाल्दै इंग्लिस मिडफिल्डर ड्रिन्कवाटरले क्लब छाडेको जनाएको छ ।
३२ वर्षीय मिडफिल्डर पछिल्लो समय चेल्सीको टोलीमा पर्न असफल हुँदै आईरहेका थिए । जसको कारण उनले लोनमा विभिन्न क्लबबाट खेल्दै आएका थिए ।
ड्रिन्कवाटरले गत सिजन रिडीङबाट लोनमा खेलेका थिए ।
ड्रिन्कवाटर २०१७ मा लेस्टरबाट चेल्सी आएका थिए ।
यस्तै चेल्सीले डिफेन्डर आन्द्रेस क्रिस्टिनसनले समेत क्लब छाडेको जनाएको छ ।
२६ वर्षीय डेनमार्कका डिफेन्डर क्रिस्टिनसनले १० वर्ष चेल्सीका बिताएर क्लब छाडेका हुन् ।
क्रिस्टिनसन बार्सिलोना जाने चर्चा रहेको छ ।