काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा क्रोएसियाले डेनमार्कमाथि जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई १-० गोल अन्तरले हराएको हो ।
क्रोएसियालाई जित दिलाउन मारियो पासालीचले निर्णायक गोल गरे ।
खेलको ६९ औं मिनेटमा मारियोले गोल गरेका थिए ।
जितसँगै लिग ए समूह १ को क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको छ ।
क्रोएसिया तेस्रो स्थानमा रहेको छ ।
डेनमार्क ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।