काठमाडौं । केलियन एमबाप्पेको गोलमा फ्रान्सले नेसन्स लिगमा अष्ट्रियासँग बराबरी खेलेको छ ।
शुक्रबार राति भएको खेलमा फ्रान्सले घरेलु टोली अष्ट्रियासँग १–१ गोलको बराबरी खेल्यो ।
समुह ए वान अन्तर्गतको खेलमा फ्रान्सको यो दोस्रो बराबरी हो । समुहमा फ्रान्सले जित निकाल्न सकेको छैन ।
एमबाप्पेले हारतर्फ उन्मुख फ्रान्सलाई जोगाएका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
अष्ट्रियाका लागि ब्रिस्टल सिटीका फरवार्ड एड्रियास विम्यानले ३० वर्षको उमेरमा राष्ट्रिय टिमबाट पहिलो गोल गरेका थिए । उनकै गोलमा घरेलु टोलीले खेलको सुरुवातमै अग्रता बनाएको थियो ।
गत वर्षको फाइनल खेलेको फ्रान्स तालिकाको पुछारमा छ । उसले डनमार्कसँग पराजय ब्यहोरेको छ भने क्रोएसियासँगको खेल गुमाएको छ ।
फ्रान्स २ अंक सहित तालिकको पुछारमा छ । अष्ट्रिया ४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।