काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले अहिले बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलमा नेपालविरुद्ध जोर्डनले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ६८ औं मिनेटमा अलि ओल्वनले गोल गर्दै जोर्डनलाई १-० गोलको अग्रता दिलाएका हुन् ।
त्यसअघि पहिलो हाफ नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो ।
पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्की जोर्डनविरुद्ध नायक बने । नेपालका लागि डेब्यु गरेका उनले खेलको ४३ औं मिनेटमा जोर्डनको पेनाल्टी बचाए ।
छनोटको समूह 'ए' मा रहेको नेपालले जोर्डनपछि जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।