काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले अहिले बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको छ ।
पहिलो हाफमा जोर्डनविरुद्ध नेपालका गोलकिपर दीप कार्की नायक बने । नेपालका लागि डेब्यु गरेका उनले खेलको ४३ औं मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाए ।
नेपालका डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।
छनोटको समूह 'ए' मा रहेको नेपालले जोर्डनपछि जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।