काठमाडौं । चितवन भरतपुरको पटिहानी फुटबल क्लबको आयोजनामा आधारभूत फुटबल तालिम सुरु भएको छ ।
भरतपुर वार्ड नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीले तालिमको उद्घाटन गरे ।
भरतपुर वार्ड नम्बर १३ को आर्थिक सहयोगमा आयोजना हुने तालिम आगामी असार १५ गतेसम्म संचालन हुनेछ ।
तालिममा ४२ जनाको सहभागिता रहेको छ । तालिमबाट उत्कृष्ट हुनेले पटिहानी क्लबमा अवसर पाउने छन् ।
तालिमको उद्घाटनमा बोल्दै क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले तालिमपछि ग्रामीण भेगका युवाले फुटबलका धेरै सीप हासिल गर्दै आफ्नो खेलजीवनलाई अगाडी बढाउने अपेक्षा व्यक्त गरे ।