काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
प्ले मेकर मोड्रिचले बुधबार रियलसँगको सम्झौतामा नवीकरण गरेका हुन् ।
नयाँ सम्झौतासँगै मोड्रिच सन् २०२३ को जुन ३० सम्म रियलमा रहने छन् ।
३६ वर्षीय क्रोएसियन मिडफिल्डर मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटेनहमबाट रियल आएका थिए।
३० मिलियनमा स्पेनिस राजधानी आएका मोड्रिचले क्लबका लागि ४ सय ३६ खेल खेलिसकेका छन् ।
रियलका लागि उनले चार पटक च्याम्पियन्स लिग, ३ ला लिगा जितेका छन् ।
यस्तै एक पटक कोपा डेल रे र ३ पटक फिफा क्लब विश्वकप जितेका छन् ।