काठमाडौं । चौंथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप अन्तर्गत आज बुधबार तय भएको विजय युथ क्लब र नव जनजागृति युवा क्लबबीचको खेल स्थगित भएको छ ।
पिप्ले–क्याम्पा रंगशालामा परेको भारी वर्षाको कारण विजय युथ र नव जनजागृतिबीचको खेल स्थगित भएको हो । स्थगित खेल भोलि बिहीबार बिहान हुनेछ ।
प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गर्नेछन् ।