काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च मिडफिल्डर ओरेलियन चुवामेनीलाई अनुबन्ध गर्ने भएको छ ।
मोनाकोका मिडफिल्डर अनुबन्धका लागि रियलले मौखिक सहमति गरिसकेको जनाएको छ ।
२२ वर्षीय मिडफिल्डर चुवामेनी अनुबन्धका लागि रियल र मोनाकोबीच १०० मिलियन युरोको सहमति बनेको एथ्लेटिक डटकमले जनाएको छ ।
चुवामेनीले रियलसँग ५ वर्षको सम्झौता गर्ने बताईएको छ ।
मोनाकोका लागि उनले ९५ खेल खेलिसकेका छन् ।
उनी २०२० मा बोर्डूअक्सबाट मोनाको आएका थिए ।
फ्रान्सका लागि उनले १० खेल १ गोल गरिसकेका छन् ।