काठमाडौं । स्पेनिस मिडफिल्डर सउल निगुएज एट्लेटिको मड्रिड फर्किएका छन्।
इंग्लिस क्लब चेल्सीमा एक सिजन लोनमा बिताएर निगुएज स्पेन फर्किएका हुन् ।
निगुएजले सामाजिक संजालबाट चेल्सीलाई धन्यवाद दिदै एट्लेटिको फर्किएको जनाएका छन् ।
चेल्सीका लागि निगुएजले प्रिमियर लिगमा १० खेल खेलेका थिए ।
२७ वर्षीय मिडफिल्डरलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि एट्लेटिकोले विकल्प समेत दिएको थियो ।
निगुएजले एट्लेटिकोका लागि ४ सय ४७ खेलमा ५३ गोल गरेका छन् ।
स्पेनका लागि उनले १९ खेल खेलेका छन् ।