काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी र इंग्ल्यान्डले बराबरी खेल्दै अंक बाडेका छन् ।
समूह चरण अन्तर्गत मंगलबार राति जर्मनी र इंग्ल्यान्डले १-१ गोलको बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने जर्मनीले बनाएको थियो ।
खेलको ५० औं मिनेटमा जोनस होफम्यानले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै लिग ए समूह ३ को जर्मनीले २ खेलमा २ अंक जोडेको छ ।
जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ ।
इंग्ल्यान्डको यो पहिलो अंक हो ।
इंग्ल्यान्ड २ खेलमा १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।