काठमाडौं । इटालियन क्लब इन्टर मिलानले मिडफिल्डर हेन्रिख मिखीतार्यानलाई अनुबन्ध गर्ने भएको छ ।
अर्मेनियाका मिडफिल्डर हेन्रिखले केहि दिनमा सम्झौता गर्ने बताईएको छ ।
उनले इन्टरसँग दुई वर्षको सम्झौता गर्ने बताईएको छ ।
यता, रोमाले भने हेन्रिखलाई क्लबलाई राख्न प्रयास गरिरहेको बताईएको छ ।
रोमाले सम्झौता नवीकरणका लागि हेन्रिख समक्ष प्रस्ताव गरिसकेको रिपोर्टमा उल्लेख छ ।
३३ वर्षीय हेन्रिख २०२० मा आर्सनलबाट रोमा आएका थिए ।
रोमाका लागि हेन्रिखले युरोपा कन्फरेन्स लिगको उपाधि जितिसकेका छन् ।
रोमाका लागि १ सय १६ खेलमा उनले २९ गोल गरेका छन् ।