काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता फ्रान्स बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा फ्रान्सले क्रोएसियासँग १-१ गोलको बराबरी खेलेको हो ।
फ्रान्सले सुरुआती अग्रता जोगाउन नसक्दा बराबरी खेलेको हो ।
खेलको ५२ औं मिनेटमा एड्रिन राबीओटले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८३ औं मिनेटमा एन्द्रेज क्रामारिचले पेनाल्टीबाट गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै लिग ए समूह १ को फ्रान्सले २ खेलमा १ अंक जोडेको छ ।
फ्रान्स समूहको तेस्रो स्थान रहेको छ ।
क्रोएसिया २ खेल १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।