काठमाडौं । लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्लिस मिडफिल्डर मिल्नरले थप एक वर्ष क्लबमा बस्ने गरि लिभरपुलसँगको सम्झौता नवीकरण गरेका हुन् ।
३६ वर्षीय मिल्नर अब २०२३ को जुनसम्म क्लबमा रहने छन् ।
लिड्स युनाईटेडबाट व्यवसायिक फुटबलमा पाइला चालेका उनी २०१५ मा लिभरपुल आएका थिए । मिल्नरले २००२ मा १६ वर्षको उमेरमा व्यवसायिक फुटबलमा डेब्यु गरेका थिए ।
उनले लिभरपुलका लागि २ सय ८९ खेल खेलेका छन् । जसमा २६ गोल गरेका छन् ।
लिभरपुलका लागि उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, काराबाओ कप र फिफा क्लब विश्वकप जितिसकेका छन् ।
अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषण गरिसकेका इंग्ल्यान्डका लागि उनले ६१ खेल खेलेका छन् ।