काठमाडौं । लिभरपुल अहिले एकै सिजन चार ठूलो उपाधि जित्ने सक्ने स्थितिमा छ । म्यानचेस्टर सिटीसामु भने तीन ठूला उपाधि जित्ने अवसर छ । आजै शनिबार यी दुई टिम एफएकपको सेमिफाइनलमा भिड्दै छन् । जित्ने त एकै टिमले हो, हारपछि एक टिमको त्यो स्थिति खस्कने निश्चित छ । हिजो जस्तै मात्र हो, यी टिम इंग्लिस प्रियिमर लिगमा भिडेको थियो, नतिजा थियो, २–२ को बराबरी ।
लिगमा सिटीलाई लिभरपुलमाथि खालि एकै अंकले मात्र अगाडि छ । यसपल्टको सेमिफाइनलमा भने स्पष्ट नतिजा आउने निश्चित छ । लिभरपुलले यसअघि नै लिगकप जितिसकेको छ, अब उनको चुनौती, यही एफएकप, लिग र युरोपेली च्याम्पियन्स लिगमा छ । सिटीको सम्भावना पनि तिनै अन्तिम तीन प्रतियोगितामा हुन् ।
आजको नतिजाले दुवै टिमको लक्ष्य फेरिनेछ र नया“ निर्धारण हुनेछ । त्यही भएर पनि यो खेलको चर्चा ब्यापक छ । यही खेललाई लिएर लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले भनेका छन्, ‘पछिल्लो खेलमा सिटी निकै बलियो थियो, हामी आफ्नो उत्कृष्ट लयमा रहेनौं । विश्वास छ, आज हामी त्यही पुरानो उत्कृष्ट लयमा हुनेछौं ।’
सिटीलाई केही प्रमुख खेलाडीको चोटको पनि समस्या छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलो यस खेललाई लिएर भन्छन्, ‘हामीले लगातार ठूला खेल खेलिरहेका छौं, त्यसैले गाह्रो छ । लिभरपुलको सामना गर्न अगाडि हामीले आफ्ना सबै खेलाडीलाई मानसिक रूपमा तयार पार्नु छ ।’ आइतबार अर्को सेमिफाइनलमा चेल्सीले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।
–एएफपीको सहयोगमा ।