काठमाडौं । म्यान्चेस्टर युनाईटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकले ओल्ड ट्राफोर्डको जागीरमा कुनै पछुतो नरहेको बताएका छन् ।
प्रशिक्षक राङनिकले युनाईटेडको अन्तरिम प्रशिक्षक भएर काम गरेकोमा पछुतो नरहेको बताएका हुन् ।
'केहि पछुतो छैन । यो बारम्बार हुन्छ,' राङनिकले भने, 'प्रशिक्षकको रुपमा तपाईले के राम्रो गर्न सक्नु हुन्थ्यो भन्ने प्रश्न सोध्नु पर्छ तर मलाई काम लिदा कुनै पछुतो छैन ।'
ओले गन सोल्सारलाई बर्खास्त गरेपछि युनाईटेडले राङनिकलाई अन्तरिम प्रशिक्षक चयन गरेको थियो । उनको नेतृत्वमा समेत युनाईटेडले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन ।
६३ वर्षीय राङनिकको नेतृत्वमा युनाईटेडले २२ खेल खेल्दा ९ जित निकालेको छ ।