काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा मोनाकोले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा मोनाकोले रेनसलाई ३-२ गोल अन्तरले हराएको हो ।
मोनाकोले एक गोलको अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो ।
खेलको तेस्रो मिनेटमा फ्लाभ्निले गोल गर्दै रेनसलाई अग्रता दिलाएका थिए ।
तर, १२ औं मिनेटमा भान्डरसनले गोल गर्दै मोनाकोलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५५ औं मिनेटमा विसम बेन एड्डरले गोल गर्दै मोनाकोलाई २-१ को अग्रता दिलाए ।
म्यरोन बोअडुले ७७ औं मिनेटमा गोल गर्दै मोनाकोलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा रेनसका मार्टिनले पेनाल्टीबाट गोल गरेपनि मोनाको ३-२ ले विजयी भयो ।
यस जितसँगै मोनाकोले ३२ खेलमा ५३ अंक जोडेको छ ।
मोनाको चौंथो स्थानमा रहेको छ ।
तेस्रो स्थानको रेनसले ३२ खेलमा ५६ अंक जोडेको छ ।