काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा इन्टरले स्पेजियालाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको ३१ औं मिनेटमा मार्सेलो ब्रोजिभिकले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
७८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।
खेलको ८८ औं मिनेटमा गीउलियो मागोइरेले गोल गर्दै स्पेजियालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए ।
यस जितसँगै इन्टरले ३२ खेलमा ६९ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानमा रहेको छ ।
स्पेजिया ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।