काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानलाई ज्यान मार्ने धम्की आएको छ ।
बायर्न च्याम्पियन्स लिगबाट बाहिरिएपछि जुलियनलाई ज्यान मार्ने धम्की आएको हो ।
प्रशिक्षक जुलियनले इन्स्टाग्राममा आफुलाई ज्यान मार्ने धम्कीसहित ४ सय ५० सन्देश आएको बताएका छन् ।
बिहीबार राति स्पेनिस क्लब भिल्ला रियलसँग पराजित हुँदै बायर्न च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।