काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका युवा मिडफिल्डर पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने भएका छन् ।
१९ वर्षीय मिडफिल्डर पेड्री ह्यामस्ट्रिङ चोटको कारण अनिश्चितकालका लागि मैदानबाट बाहिर रहने भएका हुन् ।
बार्सिलोनाले शुक्रबार पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने जनाएको छन् ।
उनी कति समय बाहिर रहने कुरा उनको रिकभरीले निर्धारण गर्ने बार्सिलोनाले जनाएको छ ।
स्पेनिस मिडफिल्डर पेड्रीले युरोपा लिग अन्तर्गत फ्रान्कफुर्टविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा पराजित बार्सिलोना युरोपा लिगबाट समेत बाहिरिएको छ ।