काठमाडौं । नेपाल फुटबलको सर्वाच्च निकायले ५० वर्ष देखि काम गर्दै आएको छ, ५० वर्षमा ग्रासरुट खै ? युवा खेलाडी विकास कहाँ छ ? यदि तपाईसँग यू-१९, यू-१६ राष्ट्रिय टिम छैन, ठुलो सपना देख्न सक्नु हुन्न । तर अहिलेको पुस्ता सबै एसिया कप, विश्वकप छनोट, सबैलाई हराउन,साफ कप जित्न चाहन्छन् ।
किन सबैजना खेलाडी माथि दबाब सिर्जना गर्न चाहन्छन् ? खेलाडीहरु सबै बच्चा छन् । आयुस घलान-उनीसंग लाइसेन्स छैन, मनिष डाँगी-बच्चा छन्, हाम्रो खेलाडी बच्चा छन् । सिनियर खेलाडी सुजल, बिशाल राई, किरण, देवेन्द्र, मात्र हुन् । हामीसँग २९-३० का खेलाडी नै छैनन् धेरै ।
तपाई आफै भन्नुस, गत वर्ष ग्रासरुटको खेल कति हेर्नु भयो ? देशभर कति एकेडेमी छ ? ४-६ ? राम्रो हो तर यतिले पुग्दैन, कम्तिमा २० वटा चाहियो । हामीसँग कम्तिमा ५०-१०० नेपाली प्रशिक्षक ग्रासरुटको लागि हुनुपर्छ, नेपालभर हरेक शहरमाएकेडेमी हुनुपर्छ, कम्तिमा २० एकेडेमी हुनुपर्छ, ग्रासरुटमा फोकस प्रतियोगिता चाहिन्छ अनि १० वर्षपछि नतिजा आउँछ ।
अहिले राष्ट्रिय टिमका लागि ४५ खेलाडी तयार छन्, सबैले भोलिनै एसिया कप छनोट खेल्न सक्छन् । तर म ४५ बाट खेलाडी छनोट गर्न चाहान्न । म कम्तिमा १५०-२०० खेलाडीबाट छनोट गर्न चाहन्छु । हाम्रो लिगमा पनि क्वालिटी छैन, म खेलको क्वालिटीको कुरा गर्दै छु ।
हामीले धेरै सपना देख्नु हुन्न, सत्यतामा बस्नु पर्छ, हामीले धेरै मेहनत गर्नु छ भन्ने बुझ्नु पर्छ , मुख्यतय ग्रासरुटबाट । सिनियर टिमबाट सबै हुने हैन, 'ग्रासरुट'बाट सुरुवात गर्दै आउनु पर्छ ।
इन्डोनेसियासँग १३-१४ युरोपका खेलाडी छन्, कुवेत घरेलु टिमको मौषम हाम्रो साथमा हुने छैन, जोर्डन एसियाको ठुलो टिम हो । एसिया कप छनोटको लागि हामीलाई धेरै मेहनत चाहिन्छ ।
हामीसँग तीन थरि खेलाडी छन्, लोकल- लिग र कम्पिटिसन मात्र खेल्ने, दोस्रो दक्षिण एसियामा मात्र जसले बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, भारतसँग मात्र खेल्न सक्छन् र अर्को अन्तर्राष्ट्रिय खेल्ने ।
हामी एसिया कप छनोट हुन सक्दैनौं, यो सत्य हो । हामी यसको लागि धेरै पछि छौं । तर तपाई सपना देख्न सक्नु हुन्छ, तर सत्य यहि हो की यो (एसिया कप छनोट) निकै गाह्रो छ ।
आसा सबै टिमको लागि निकै महत्वपूर्ण कुरा हो, हामीले सक्दो लडाई गर्ने छौं, हामीसँग छनोट हुने सम्भावना मात्र छ ।
मसँग नयाँ खेलाडीलाई 'ट्राइ' गर्ने समय छैन, म यहि २५ खेलाडीमा 'फोकस' गर्न् चाहन्छु । हाम्रो ग्रुप निकै कठिन ग्रुप हो, एसिया कप छनोटको अन्य ग्रुपमा कम्तिमा छनोट हुन सक्ने सम्भावना छ तर हामीसँग छैन । नेपालसँग एसिया कप छनोट हुने कुनै मौका छैन ।
जोर्डनसँग १७ प्रोफेसनल खेलाडी छन्, इन्डोनेसियाका १३ खेलाडी युरोपमा खेल्छन्, हाम्रो २ खेलाडी प्रोफेसनल छन् र उनीहरु माल्दिभ्स र इन्डोनेसियामा खेल्छन् । तर हामी सबैलाई गर्व गर्न सक्ने खेल खेल्छौं ।
- राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले शुक्रबार एसिया कप छनोटको तयारी बारे पत्रकार सम्मेलनमा बोलेका अंशहरु ।
भिडियो :