काठमाडौं । एएफसी एसियन कप छनोट अघि नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले शुक्रबार छनोट अघि तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए ।
अल्मुताईरीले छनोट अघि अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए । यस्तै कुवेत र कतारी क्लबसँग समेत मैत्रीपूर्णको योजना भएको उनले बताए ।
प्रशिक्षक अल्मुताईरीले एक हप्ता नेपालमा प्रशिक्षण गरेर त्यसपछि कतार वा अन्य राष्ट्रमा गर्ने तयारी भएको बताए ।
मैत्रीपूर्ण कतार वा कुवेतमा हुनेछ ।
छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो ।
अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
भिडियो :