काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड घरेलु मैदान ओल्ड ट्राफोर्डको पुनर्निर्माण गर्ने भएको छ ।
युनाईटेडले बिहीबार ओल्ड ट्राफोर्डको पुनर्निर्माण गरिने जनाएको छ ।
युनाईटेडले पुनर्निर्माणका लागि योजना बनाउन सल्लाहकार टोली नियुक्त गरिएको समेत जनाएको छ ।
ओल्ड ट्राफोर्डको पुनर्निर्माणका लागि आर्किटेक्ट कम्पनि लेजेन्ड्स इन्टरनेसनल र पपुलस छनोट गरिएको जनाएको छ ।
यस कम्पनिले टोटेनहमको मैदान पुनर्निर्माण गरेको थियो । जुन २०१९ मा खुला गरिएको थियो ।
युनाईटेडको मैदान ७४ हजार दर्शक क्षमताको रहेको छ ।