काठमाडौं । लेस्टर सिटी युरोपा कन्फरेन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार राति पीएसभीलाई २-१ गोल अन्तरले हराउँदै समग्रमा २-१ को जितसहित लेस्टर अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा लेस्टरले पीएसभीसँग गोलरहित बराबरी खेलेको थियो ।
दोस्रो लेगमा लेस्टरलाई जित दिलाउन जेम्स म्याडिसन र रिकार्डो पेरिएराले एक एक गोल गरे ।
खेलमा सुरुआती अग्रता भने पीएसभीले बनाएको थियो ।
खेलको २७ औं मिनेटमा इरन जहाभीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर, ७७ औं मिनेटमा जेम्सले गोल गर्दै लेस्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा रिकार्डोले गोल गर्दै लेस्टरलाई २-१ को जित दिलाए ।
यससँगै लेस्टर पहिलो पटक कुनैपनि युरोपियन क्लब प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको छ ।
अब लेस्टरले सेमिफाइनलमा इटालियन क्लब रोमासँग प्रतिस्पर्धा गर्नेछ ।