काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडका आशिष चौधरी उत्कृष्ट खेलाडी चुनिएका छन् ।
चर्च ब्वाइजलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आशिष उत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले नगद १ लाख प्राप्त गरे ।
यस्तै चर्च ब्वाइजकै आशिष चापागाई सर्वाधिक गोलकर्ता चुनिए । उनले ११ खेलमा ११ गोल गरेका थिए ।
सर्वाधिक गोलकर्ता बनेका आशिषले ५० हजार प्राप्त गरे ।
मध्यपुर युथ एसोसियसनले फेयर प्ले टिमको अवार्ड प्राप्त गर्यो । उनले नगद १ लाख प्राप्त गरेको छ ।
'बी' डिभिजन लिगको उपाधि जितेको चर्च ब्वाइजले १५ लाख प्राप्त गरेको छ ।
उपविजेता खुमलटार युथ क्लबले १० लाख प्राप्त गर्दा तेस्रो भएको रानीपोखरी कर्नर टिमले ८ लाख प्राप्त गरेको छ ।
चर्च ब्वाइज र खुमलटार पहिलो पटक 'ए' डिभिजन लिगमा समेत बढुवा भएको छ ।