काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई ४-० गोल अन्तरले हराएको हो ।
टोटेनहमलाई जित दिलाउन सन ह्युङ मिनले ह्याट्रिक पूरा गरे ।
खेलको तेस्रो मिनेटमा सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा डेजन कुलुसेभासकीले गोल गर्दै टोटेनहमको अग्रत दोब्बर बनाए ।
खेलको ६६ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहम ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७१ औं मिनेटमा सनले ह्याट्रिक पूरा गर्दै टोटेनहमलाई ४-० को जित दिलाए ।
जितसँगै टोटेनहमले ३१ खेलमा ५७ अंक जोडेको छ ।
टोटेनहम चौंथो स्थानमा रहेको छ ।
एस्टन ३६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।