काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई २-१ गोल अन्तरले हराएको हो ।
सुरुआती एक गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।
खेलको दशौँ मिनेटमा जोआ पेड्रोले गोल गर्दै काग्लियारीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४५ औं मिनेटमा माथिस डी लिक्टले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।
जितसँगै युभेन्ट्सले ३२ खेलमा ६२ अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
काग्लियारी २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।