काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई २-० गोल अन्तरले हराएको हो ।
रियललाई जित दिलाउन कासिमिरो र लुकास भास्क्वेजले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा लुकासले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
यस जितसँगै रियलले ३१ खेलमा ७२ अंक जोडेको छ ।
रियलले दोस्रो सेभियाविरुद्ध १२ अंकको अग्रता बनाएको छ ।
गेटाफे ३२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।