काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले म्यानचेस्टर युनाईटेडलाई हराएको छ ।
शनिबार भएको खेलमा एभर्टनले युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन एन्थोनी गोर्डोनले निर्णायक गोल गरे ।
गोर्डोनले खेलको २७ औं मिनेटमा गोल गरेका थिए । जुन गोल एभर्टनको जितमा निर्णायक बन्यो ।
यस जितसँगै एभर्टनले ३० खेलमा २८ अंक जोडेको छ ।
एभर्टन १७ औं स्थानमा रहेको छ ।
युनाईटेड ५१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।